GADGET काठमाडौं । शुक्रबारदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा एउटा दाबी भाइरल भइरहेको छ- “प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतसँग सिधै कुरा गर्दै ‘अवरोध गरे अर्को बजार खोज्छौँ’ भनेपछि बन्द भएका चिया उद्योग पुनः सञ्चालनमा आए ।” केही समयअघि बन्द भएका पूर्वी नेपालका चिया उद्योगहरू पुनः सञ्चालन भएको सन्दर्भ पारेर यस्तो दाबी फैलाइएको हो । तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट यो दाबी भ्रामक देखिएको छ । चिया उद्योगहरू बन्द भएको र पछि सञ्चालनमा आएको कुरा सत्य भए तापनि, यसमा प्रधानमन्त्री बालेनले भारतसँग सिधा वार्ता गरेको भन्ने दाबी निराधार छ ।
यो सामग्री पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस्
0प्रतिक्रियाहरू
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
0 प्रतिक्रियाहरू