Comments:0Readers Count:0
Your Heading
List Item List Item२४ करोडबाट सिधै १ अर्ब माथि: विस्फोटक आर्थिक छलाङचिनियाँ ईभी गाडीहरूको बिक्री सुरु गरेपछि शशीला मोटर्सको व्यापार कुन रूपमा बढ्यो भन्ने कुरा यसको वित्तीय तथ्याङ्कले स्पष्ट पार्छ:
आर्थिक वर्ष २०७९/८० (टाटा डिलरसिपको अन्तिम वर्ष): कुल आम्दानी मात्र २४ करोड रुपैयाँ (नाफा ऋणात्मक ६.५%)।
आर्थिक वर्ष २०८०/८१ (ईभी संक्रमणकालीन वर्ष): आम्दानी बढेर ४३ करोड ३० लाख रुपैयाँ पुग्यो (नाफा सकारात्मक ७%)।
आर्थिक वर्ष २०८१/८२ (पूर्ण ईभी व्यावसायिक वर्ष): आम्दानीमा अप्रत्याशित ३५० प्रतिशतभन्दा बढीको वृद्धि भई १ अर्ब ९ करोड २० लाख रुपैयाँको कीर्तिमानी उचाइ छोयो। यस वर्ष कम्पनीको सञ्चालन नाफा बढेर १५.२ प्रतिशत पुग्यो।
चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिना: यो आर्थिक वर्षको पहिलो ९ महिनामै कम्पनीले ९२ करोड ५० लाख रुपैयाँको व्यापार गरिसकेको छ। जसमा सञ्चालन नाफा १३.५ प्रतिशतको बलियो अवस्थामा छ।
यो तथ्याङ्कले देखाउँछ कि जुन कम्पनीले हिजो वर्षभरिमा २४ करोडको व्यापार गर्न धौ–धौ पर्दथ्यो, आज उसले महिनामै औसत १० करोड रुपैयाँभन्दा बढीको कारोबार गरिरहेको छ।https://images.merolagani.com/Uploads/Repository/639180940656182747.jpg



प्रतिक्रिया दिनुहोस्
0 प्रतिक्रियाहरू