चिनियाँ इभीको ‘जादु’: सामान्य क्षेत्रीय डिलरदेखि अर्बौको साम्राज्यसम्म शशीला मोटर्सको

टाटाको क्षेत्रीय डिलर र २४ करोडको सीमित दायरा सन् २०१६ देखि २०२३ सम्म शशीला मोटर्स टाटा मोटर्सका व्यावसायिक गाडीहरूको क्षेत्रीय डिलरका रूपमा कार्यरत थियो। यसको बजार क्षेत्र काठमाडौँ र भक्तपुर जिल्लामा मात्र सीमित थियो। सञ्चालन खर्चको उच्च दबाब र परम्परागत इन्धन गाडीहरूको सुस्त बजारका कारण कम्पनीले निकै कठिन परिस्थिति झेल्नुपरेको